+
+

एभरेष्ट बैंकको अध्यक्षमा बालगोपाल वैद्य नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २४ गते १६:५६

२४ कात्तिक, काठमाडौं । एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन् ।

बैंकको ३६० औं सञ्चालक समितिको बैठकले समिति सदस्य रहँदै आएका वैद्यलाई अध्यक्षमा नियुक्त गरेको हो ।

वैद्यले शुक्रबार नै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

तत्कालीन अध्यक्ष बीके (विष्णुकृष्ण) श्रेष्ठको ७ कात्तिकमा निधन भएपछि बैंकको अध्यक्ष पद रिक्त थियो । बीके श्रेष्ठले २०५२ देखि निरन्तर बैंकको अध्यक्ष पद सम्हाल्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?