
काठमाडौं । सीजी होल्डिङ्स अन्तर्गतको सीएसआर डिभिजन अरुण चौधरी फाउन्डेसन (एसीएफ)ले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूलाई राहत सामग्री सहयोग गरेको छ ।
भूकम्प प्रभावितलाई खाद्यान्न, औषधि, लत्ताकपडा, आवास लगायतका आधारभूत आवश्यकता रहेको भन्दै फाउन्डेसनले ती अभाव तत्कालका लागि टार्न राहत सहयोग गरेको जनाएको छ ।
संस्थाले अत्यावश्यक सामग्रीको अभाव कम गर्नका लागि १६ टन राहत सामग्री उपलब्ध गराएको छ ।
उक्त राहत प्याकेज जाजरकोट, नलगाड नगरपालिकाका मेयर डम्बर बहादुर राउतलाई सिधै हस्तान्तरण गरिएको फाउन्डेसनले जनाएको छ ।
सीजी होल्डिङ्सका कर्मचारीहरूले एक दिनको तलब उपलव्ध गराई राहत प्याकेजमा योगदान गरेको फाउन्डेसनले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4