+
+

विश्वकपमा अफगानिस्तानले दियो  दक्षिण अफ्रिकालाई २४५ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २४ गते १८:३०

२४ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई २४५ रनको लक्ष्य दिएको छ ।

अहमदावादमा पहिला ब्याटिङ गरेको अफगानिस्तान ५० ओभरमा २४४ रन बनाएर अलआउट भएको हो ।

४५ रन बनाउँदा ३ विकेट गुमाएर संकटमा परेको अफगानिस्तानलाई पाँचौ नम्बरमा ब्याटिङ गरेका अजमतुल्लाह ओमरजाईले सम्मानजनक स्थितिमा पुर्‍याएका थिए ।

नट आउट रहेका उनले १०७ बलमा ९७ रन बनाए । त्यसक्रममा उनले ३ छक्का र ७ चौका हानेका थिए ।

यस्तै नुर अहमद र रहमत शाहले समान २६ रन बनाए ।

दक्षिण अफ्रिकाका गेराल्ड कोट्जेले ४ विकेट लिए ।

दक्षिण अफ्रिका यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । अफगानिस्तानको सेमिफाइनल पुग्ने संभावना भने सकिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?