+
+

बालकृष्ण समको जन्मघरमा बालेन

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २४ गते २०:२७

२४ कात्तिक,काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) ले कमलपोखरीस्थित बालकृष्ण समको जन्मघर पुगेका छन् ।

भवनको निरीक्षण गर्दै उनले संस्कृति, परम्परा र सम्पदा बचाउने, सहरी क्षेत्रमा खुला स्थान जोगाउने र बढाउने कामलाई प्राथमिकता दिएको बताए ।

‘सरकारको स्वामित्वमा भएका जग्गा लिजमा लिएर खुल्ला पार्क निर्माण गर्ने र सकेसम्म धेरै खुल्ला ठाउँ बचाउने कार्यक्रमलाई प्राथमिकता दिएका छौं । त्रिपुरेश्वरमा खुल्ला र जीवन्त संग्रहालय निर्माण गर्न थालेका छौं,’ निरीक्षणपछि बालेनले भने, ‘त्यहाँ परम्परागत र कलात्मक सीपसँग सम्बन्धित क्रियाकलाप हुनेछन् । यसबाट संस्कृति बचाउन र कला जोगाउन मद्दत पुग्नेछ । सबैले राष्ट्रका लागि काम गर्ने हो, मिलेर गरौं ।’

यो क्षेत्रमा शैक्षिक र बौद्धिक क्रियाकलाप सञ्चालन गर्न समकी भाञ्जी (घर जग्गाको स्वामित्ववाला) डिलाइट सिंहले २०७५ साल काठमाडौं विश्वविद्यालय बालकृष्ण सम शैक्षिक गुठीलाई जमिन र भवन प्रदान गरेकी थिइन् । यसको तल्लो तलामा सिंह आफैं बसोबास गर्ने गरेकी छिन् ।

सिंहका अनुसार १९९० सालको भूकम्प अघि भवन ४ तलाको थियो । माथिल्लो तलामा बार्दली थियो । त्यसलाई पुननिर्माण गरेर पूर्ववत बनाउनु भन्दा माथिल्लो तला घटाउँदा बलियो हुने प्राविधिकबाट सुझाव प्राप्त भएपछि माथिल्लो तला घटाएर ३ तलाको बनाइएको छ ।

२ रोपनी २ आना क्षेत्रफलमा २ वटा भवन छन् । पछिल्लो भवन काठमाडौं विश्वविद्यालयले सवलीकरण गरेर सञ्चालनमा ल्याएको छ । प्रवेश गर्ने वित्तिकैको भवन सवलीकरण गर्नुपर्ने अवस्थामा छ । यसका लागि विश्वविद्यालयले प्रारम्भिक डिजाइन र लागत अनुमान तयार पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?