+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

थारु संस्कृतिको संरक्षण गर्न हुकेहुका महोत्सव हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २५ गते ८:१०

२५ कात्तिक, गाइघाट । थारू समुदायको परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले उदयपुरको ज्यामिरेमा उदयपुर हुकेहुका महोत्सव तथा वृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल थारू संघ (समाजवादी) को आयोजनामा आज चौदण्डिगढी नगरपालिका-९ स्थित पश्चिमटोल, ज्यामिरेमा आज महोत्सव हुँदैछ ।

महोत्सवमा मुख्य आकर्षणको रूपमा हुकेहुका प्रतियोगिता राखिएको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने समूहलाई क्रमश: ५ हजार, ३ हजार र २ हजारले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी व्यक्ति वा समूह स्वयंले नै हुकेहुकाको लागि चाहिने आवश्यक सर-समान ल्याउनुपर्ने छ भने प्रत्येक टोलीमा कम्तिमा ७ जना र बढीमा १० जना सहभागी हुन पाउनेछन् ।

प्रतियोगिताका लागि प्रत्येक समूहलाई ५ मिनेटको समय तोकिएको छ ।

थारू समुदायमा परापुर्वकालदेखि तिहार (शुकराईत) मा लक्ष्मी पूजाको दिन धुमधामका साथ मनाउँदै आएको हुकेहुका हाल लोप हुन लागेको भन्दै संस्कृतिको संरक्षण गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको आयोजक समितिका संयोजक हृदयनारायण चौधरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?