+
+

राज्य व्यवस्था समितिको निर्देशन : भूकम्प पीडितलाई तत्काल अस्थायी आवास

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २५ गते १८:०५

२५ कात्तिक, काठमाडौं । संसदको राज्य व्यवस्था समितिले भूकम्प पीडितका लागि तत्काल अस्थायी आवासको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

जाजरकोट लगायतका प्रभावित क्षेत्रमा स्थलगत अध्ययनमा गएको समितिले शनिबार सभामुख देवराज घिमिरेलाई बुझाएको प्रतिवेदनमा तिहारलगत्तै अस्थायी आवास निर्माण गरी पीडितलाई तत्काल उपलब्ध गराउन भनिएको छ ।

सरकारले भूकम्प प्रभावित क्षेत्रका घरहरुलाई पूर्ण रुपमा क्षतिग्रस्त र आंशिक भनेर छुट्याउने गरेको छ । राज्य व्यवस्था समितिले भने बस्न मिल्ने र नमिल्ने भनेर हेर्न सुझाव दिएको भन्दै समितिका सभापति खतिवडा भन्छन्, ‘ढुंगा, माटोको घर जतिखेर पनि जानसक्छ भन्ने हाम्रो निष्कर्ष रह्यो । त्यस्ता घरलाई छिटो भन्दा छिटो व्यवस्थापन गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेका छौं ।’

तिहारलगत्तै अस्थायी टहराहरु निर्माण गरेर भूकम्प प्रभावितहरुलाई राख्नुपर्ने भन्दै समिति उनले भने, ‘त्यसको ५/६ महिना पछाडि सरकारले भूकम्प प्रतिरोधात्मक घरहरु निर्माण गर्नका लागि पहल गरोस् भन्ने छ ।’

खतिवडाका अनुसार समितिले मृतकका सबै परिवारलाई राहत दिने काममा पनि ढिलाइ नगर्न सरकारलाई भनेको छ । स्थानीय सरकार आत्तिएकाले राहत, उद्धार र पुनर्स्थापना गर्न सहज ढंगले गर्न नसक्ने अवस्था रहेको समितिको निष्कर्ष छ । त्यसैगरी सल्यान, दैलेख, कालीकोट, हुम्ला, सुर्खेतमा पनि भूकम्पको असर परेकाले त्यतातिर पनि ध्यान दिन सुझाएको छ ।

समितिको प्रतिवेदन बुझ्दै सभामुख घिमिरेले पीडाका बेला संसदले पनि केही गर्न सक्दोरहेछ भन्ने सन्देश दिएको भन्दै स्थलगत अनुगमन गएका समितिका सांसदहरुलाई धन्यवाद दिए । उनले भने, ‘मंसिर २/३ सम्म हामी चाडबाडमै हुन्छौं होला । राहतका लागि आह्वान पनि गरौंला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?