+
+

प्रहरीका कुकुरको तिहार (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २६ गते ११:१२

२६ कात्तिक, काठमाडौं । यमपञ्चकअन्तर्गत आज कुकुर पूजा । इमानदारपूर्वक सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिनुका साथै फूलमाला लगाइदिएर पूजा गरिएको छ ।

कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

कुकुरले घरको सुरक्षा मात्रै होइन, गोठालाको साथी पनि हो । प्रहरीलाई अपराध अनुसन्धानमा समेत कुकुरले साथ दिइरहेका छन् ।

प्रहरीले अपराध अनुसन्धानका लागि भन्दै सातै प्रदेशमा कुकुर राखेको छ । प्रहरीसँग सात प्रजातिका करिब सयवटा कुकुर छन् ।

नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा लागूऔषध, अपराधीको खोजी र विपद् व्यवस्थापन सम्बन्धी काम गर्ने कुकुरहरू रहेका छन् ।

कुकुर तिहारको दिन नेपाल प्रहरीले अपराध अनुसन्धानमा सहयोग गर्ने यी कुकुरको विशेष पूजा गर्ने गर्छ । महाराजगञ्जस्थित नेपाल प्रहरीको कुकुर तालिम केन्द्रमा कुकुरको विशेष पूजा र कुकुरका विभिन्न खेल देखाउने गरिन्छ ।

केनाइन कार्यालयमा कुकुर पूजाका तस्वीरहरू :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?