
२६ कात्तिक, तनहुँ । नेपाल नेत्रहीन सङ्घ तनहुँ देउसीभैलो खेलेर संस्थाको भवन बनाउने अभियानमा जुटेको छ ।
संस्थाका अध्यक्ष चीनबहादुर कुमालको नेतृत्वमा जिल्लाका दृष्टिविहीन सङ्गठित भई देउसीभैलो खेल्न थालेका छन् ।
देउसीभैलोबाट सङ्कलित रकमले संस्थाको भवन निर्माण गर्ने योजना बनाएको अध्यक्ष कुमालले जानकारी दिए ।
भैलो खेलेर करिब रु तीन लाख सङ्कलन गर्ने लक्ष्य राखेको उनले बताए ।
सङ्घलाई व्यास नगरपालिका–१ का केवी गुरुङले रु ३० लाख पर्ने चार आना जग्गा निःशुल्क उपलब्ध गराएको बताए ।
‘जग्गा त उपलब्ध भयो तर भवन बनाउने रकम छैन, त्यसैले देउसीभैलो खेल्न जुटेका हौं’, अधयक्ष कुमालले भने ।
भैलो खेल्न दृष्टिविहीन कलाकार रुपा थापामगरसहित १५ जनाको समूह बनाएको संस्थाका सचिव वीराजमान कुमालले बताए ।
‘देउसीभैलो खेल्ने परम्परा पनि कायम रहन्छ, भवन बनाउन रकम पनि जुट्छ’, उनले भने । भवन निर्माणका लागि करिब रु ३० लाख जुटाइने सचिव कुमाल बताउँछन् ।
प्रतिक्रिया 4