+
+

उद्योगमन्त्री समक्ष ‘स्टार्टअप नेसन-२०३०’ सम्बन्धी योजना पेश

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २६ गते ११:१०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एन्ड इन्नोभेसन प्रतिनिधि मण्डलले उद्योग मन्त्रीलाई स्टार्टअप नेसन २०३० लाई सफल पार्न कार्ययोजन पेश गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र सचिव मुकुन्दप्रसाद निरौलालाई भेटेर महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठको नेतृत्वमा गएको महासंघ स्टार्टअप एण्ड इन्नोभेसन प्रतिनिधि मण्डलले स्टार्टअप नेसन-२०३० लाई सफल पार्नका लागि फोरमले अघि सारेको रणनीतिक योजनाहरु पेश गरेको हो ।

महासंघ स्टार्टअप तथा इन्नोभसन फोरमका सभापति जुन माथेमाको संयोजकत्वको प्रतिनिधि मण्डलले देशको ठूलो हिस्सा ओगटेको युवा र नव युवा उद्यमीहरुका नवीनतम सोचहरुको महत्व र प्रभावलाई बुझेर स्टार्टअप नीति, स्टार्टअप धितो कोष सञ्चालन कार्यविधि-२०८०, आदिको कार्यान्वयन गर्ने प्रक्रियालाई तीव्रता दिनुपर्नेमा जोड दिइएको थियो ।

भेटमा मन्त्री रिजालले सरकोकारलाई ग्रहण गर्नका साथै यसलाई पूरा गर्न मिलेर काम गर्ने प्रतिबद्ध व्यक्त गरे ।

मन्त्री रिजालले देशको समग्र आर्थिक, सामाजिक र दिगो विकासमा स्टार्टअप तथा नवप्रवर्तनको एकदमै महत्वपूर्ण भूमिका रहेकाले सहकार्यलाई व्यवस्थित गर्ने र संयुक्त प्रयासलाई अगाडि बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?