+
+

कञ्चनपुरमा श्रीमान्–श्रीमती घरभित्रै मृत भेटिए

जनक विष्ट जनक विष्ट
२०८० कात्तिक २६ गते १३:४५

२६ कात्तिक, धनगढी । कञ्चनपुरमा श्रीमान् र श्रीमती आफ्नै घरभित्र मृत अवस्थामा भेटिएका छन् ।

लालझाडी गाउँपालिका–१ का २६ वर्षीय श्यामकुमार राना र उनकी श्रीमती २५ वर्षीया पुष्पा राना घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाशबहादुर डाँगीका अनुसार घरको धुरीमा झुण्डिएको अवस्थामा उनीहरुको शव भेटिएको थियो ।

मृतकको तीन वर्षीया बालक रोएपछि नजिकै बस्ने उनकी हजुरआमा घरमा पुगेर हेर्दा झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

उनीहरुको मृत्युको कारण नखुलेको बताउदै प्रहरी नायब उपरीक्षक डाँगीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । उनीहरुको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?