+
+

विश्व बक्स अफिसमा ‘द मार्वल्स’को खराब ओपनिङ

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २६ गते १३:५४

काठमाडौं । हलिउडको प्रतीक्षित मानिएको ‘द मार्वल्स’ले अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा खराब ओपनिङ गरेको छ । भेराइटी म्यागजिनका अनुसार यो फिल्म मार्वल स्टुडियोकै दोसो न्यून ओपनिङ गर्ने फिल्म हो ।

मार्वल सिनेम्याटिक युनिभर्समा अहिलेसम्म ३२ फिल्म रिलिज भएका छन् । ब्राय लार्सन स्टारर यो फिल्मले चार हजार ३० वटा बजारबाट २१.५ मिलियन डलर मात्र कमाएको छ । यसअघि सन् २००८ मा रिलिज भएको ‘द इन्क्रेडिबल हल्क’ले २१.४६ मिलियन डलर मात्र कमाएको थियो, जसलाई एमसीयूकै न्यून ओपनिङ मानिन्छ ।

पछिल्लो समय लगातार खराब फिल्मका कारण स्टुडियोकै भविष्यमा प्रश्न उठिरहेको बेला ‘द मार्वल्स’ले उक्त आशंकलाई थप बल मिलेको छ । सन् २०१९ मा रिलिज भएको ‘क्याप्टेन मार्वल’ले १५३ मिलियन डलर कमाउँदै सातौं धेरै ओपनिङ गर्ने फिल्म बनेको थियो । त्यसयताको चार वर्षमा धेरै कुरा बदलिएको छ ।

‘द मार्वल्स’ले उक्त फिल्मको एक तिहाइ पनि नकमाउने विश्लेषण भएको छ । रोचक कुरा के छ भने ‘द मार्वल्स’को निर्माण लागत नै २२० मिलियन डलर रहेको बताइन्छ ।

यो फिल्मलाई नेपाली बक्स अफिसमा समेत ओपनिङ सकसपूर्ण देखिएको छ । भारतमा यो फिल्मले सन् २०२१ कै मार्वल्सको फिल्म ‘द इटर्नल्स’भन्दा कम ओपनिङ गरेको खबर छ । यो फिल्मले क्याप्टेन मार्वल, मिस मार्वल र क्याप्टेन मोनिका नामक तीन सुपरहिरोइनले संसार बचाउन गर्ने संघर्षको कथा भन्छ । यसमा ब्राय लार्सन, इमान वेल्लानी, लसाना लिन्च र स्यामुअल ज्याक्सनको शीर्ष भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?