+
+

लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा भक्तपुरमा एक वृद्धाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २७ गते १०:५१

२७ कात्तिक, काठमाडौं । भक्तपुरमा लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा एक जना वृद्धाको मृत्यु भएको छ ।

मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीकी ८३ वर्षीया साबित्रीदेवी दाहालको आफ्नै घरमा पूजा गर्ने क्रममा आगलागी भई मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार साँझ साढे पाँच बजे पूजा गर्ने क्रममा दाहालको कपडामा आगो सल्किएको थियो । पूजा कोठामा आगो सल्किएपछि उनी आत्तिएर बैठक कोठामा पुगेर लडेकी थिइन् ।

शरीरमा लागेको आगो ८५ वर्षीय श्रीमान गुरु दाहालले निभाए पनि वृद्धाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीले उनको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट पठाएको छ । घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?