+
+

थप ४ स्थानमा तोकियो प्याराग्लाइडिङ जोन

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २७ गते १३:४४
फाइल तस्वीर

२७ कात्तिक, काठमाडौं । नेपालमा थप चार स्थानमा प्याराग्लाइडिङ जोन तोकिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार रामेछापको मानेडाँडा, दाङको राप्ती, मकवानपुरको चित्लाङ र स्याङ्जाको आँधीखोलामा प्याराग्लाइडिङ जोन तोकिएको हो ।

यसमध्ये केही जोनमा व्यवसायिक उडान समेत सुरु भइसकेको छ । चित्लाङमा चन्द्रागिरिबाट प्याराग्लाइडिङ थालिएको छ ।

प्राधिकरणले अनुमति दिएको स्थानमा मात्र यस्ता साहसिक गतिविधि गर्न पाइन्छ । पोखराबाट सुरु भएको यो साहसिक खेल पछिल्लो समय देशव्यापी विस्तार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?