
२७ कात्तिक, भक्तपुर। भक्तपुरमा सोमबार नयाँं वर्षको भिन्तुना (शुभकामना) र्याली निकालिएको छ । नेपाल सम्वत ११४४ को भिन्तुना र्याली निकालिएको हो ।
पीस्वकगू नेपाल भाषा साहित्य तःमुंज्या (४३ औ नेपाल भाषा साहित्य सम्मेलन) को आयोजनामा रयाली निकालिएको हो । नेपाल भाषा साहित्य तःमुंज्याले प्रत्येक वर्ष नयाँंवर्ष नेपाल सम्वतको अवसरमा यसरी नै रयाली निकाल्ने गर्दै आएको छ ।
रयाली भक्तपुर नगरको दुई ठाउँंबाट सुरु गरिएको थियो । नगरको सूर्यमढी र टौमढी गरी दुई छुटाछुटै ठाउँंहरुबाट र्याली निकालिएको थियो ।
दुवै ठाउँको रयालीले भक्तपुर नगर परिक्रमा गरी खौमास्थित जगतसुन्दर मल्लको प्रतिकमा पुगेको थियो । त्यहाँ पुगेर मल्लको शालिकमा माल्यार्पण गरिएको थियो । सांसद प्रेम सुवाललगायतका नेता तथा नेपाल भाषाका अगुवाहरुले माल्यार्पण गरेका थिए ।
रयाली सयौं बाजागाजा टोलीका साथ बहृत रुपमा भएको थियो । दुवै र्यालीमा हराजौं मानिसहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमस्थलमा भएको कार्यक्रममा विभिन्न नेताहरुले नेपाल सम्वतको महत्वबारे चर्चा गरेका थिए ।
हेर्नुहोस् तस्वीरहरू :
प्रतिक्रिया 4