+
+

सरकार नागरिकलाई समृद्धिको दिशामा लैजान अग्रसर छ : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २८ गते ११:२७

२८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको नारामा केन्द्रित भएर काम गरिरहेको बताएका छन् ।

मंगलबार नेपाल संवत् ११४४ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार नागरिकलाई समृद्धिको दिशामा लैजान अग्रसर भएको दाबी गरेका हुन् ।

उनले इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूतिहरु भएकाले उनीहरुलाई स्मरण नगरी देश समृद्ध बन्न नसक्ने बताए ।

नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा घोषणा आफू पहिलो पटक प्रधानमन्त्री हुँदा गरेको बताउँदै नेपाल संवत नेपालीहरुको आफ्नै मौलिकता र इतिहास भएको बताए ।

उनले प्रचण्डले आफू तेस्रो पटक प्रधानमन्त्री रहँदा मन्त्रिपरिषदबाट सरकारी दस्तावेजमा विक्रम संवतसँगै नेपाल संवत पनि लेखिने निर्णय गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?