+
+

सामाजिक सद्भाव र पारिवारिक एकता कायम राख्न टिकटक बन्द गरियो : प्रधानमन्त्री प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २८ गते ११:४०

२८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सद्भाव र पारिवारिक एकता खलल हुनबाट बचाउन टिकटकमा प्रतिबन्ध लगाउनुपरेको बताएका छन् ।

भक्तपुरमा आज नेपाल संवत् ११४४ का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रष्टीकरण दिएका हुन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

समाजमा विसंगति, विकृति, अराजकता फैलाउने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष एकठाउँमा उभिएर यो निर्णय गरिएको उनको भनाइ छ ।

उनले अन्तर्राष्ट्रियस्तरमा सबैभन्दा लोकतान्त्रिक र विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्ने कुराको अध्ययन गरेर टिकटक बन्द गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?