+
+

जुवा खेलिरहेका ८ जना ललितपुरबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २८ गते २१:०७

२८ कात्तिक, ललितपुर । जिल्ला प्रहरी परिसर, ललितपुरले जुवाखालमा छापा मारेर नेपाली सेनाका एक जना पूर्वउपरथीसहित ८ जनालाई पक्राउ गरेको छ ।

मंगलबार प्रहरीले चलाएको विशेष अपरेशनमा पूर्वउच्च सैनिक अधिकृतसहित ललितपुरका केही व्यवसायीहरु पक्राउ परेको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो । अनुसन्धान अधिकृतहरुका अनुसार, ती पूर्वउपरथीले पछिल्ला समय नियमित रुपमा जुवा खेल्दै खेलाउँदै आएका थिए ।

‘पहिले घरमै खेलाउने गरेको सूचना थियो, तर खोजी हुन थालेपछि अहिले क्लासिक टावरको ए ब्लकमा खेलाउने गरेका रहेछन्’, स्रोतले भन्यो, ‘जुवा ऐनअन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान गर्छौं ।’

प्रहरीले उनीहरुको साथबाट १६ लाख ८२ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?