+
+

रानीपोखरीको बालगोपालेश्वरमा भाइटीका लगाउनेहरूको घुइँचो

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० कात्तिक २९ गते १०:२३

२९ कात्तिक, काठमाडौं । काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने र लगाइदिने क्रम जारी छ । दिदी–बहिनी नभएकाहरु बालगोपालेश्वर मन्दिरमा पूजा गर्ने र टीका ग्रहण गर्ने चलन छ ।

त्यसैले रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर तिहारको भाइटीकाको दिनमात्र खुल्ने गर्दछ । मन्दिरमा पूजा गर्ने र टीकाको व्यवस्थापन काठमाडौं महानगरपालिकाले मिलाएको छ ।

मन्दिर परिसरमा टीका र फूलमाला लिएर बसेकाहरुसँग टीका थाप्ने चलन छ । भाइटीकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा रहे पनि बालगोपालेश्वर मन्दिर भने बिहानैदेखि खुलेको छ । आज बिहानदेखि बेलुकीसम्मै मन्दिर खुला रहने काठमाडौं महानगर प्रहरी बलका प्रमुख एवं वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए ।

२०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष सो मन्दिर बन्द गरिएको थियो । भूकम्पले क्षतिग्रस्त मन्दिर २०७७ सालमा पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला हुँदै आएको छ ।

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?