+
+

हामी सबै कर्णका छायाँ, छठी मैयाका सन्तान

राजीवकुमार पटेल  राजीवकुमार पटेल 
२०८० मंसिर १ गते ८:२६

छठ पूजामा दुई दिन अन्न र पानी विना नै बस्नु कत्तिको गाह्रो होला! तर भावनामा जोडिएपछि यो सम्भव हुँदोरहेछ। छठ पूजा भावना हो, यो एउटा माध्यम हो, आपसी मतभेद भुलाएर पूरै परिवारलाई एकजुट गर्ने।

हरेक साल दिपावलीको छैटौं दिन अस्ताउँदै गरेको सूर्यको अगाडि नतमस्तक हुने अनि भोलिपल्ट उदाउँदै गरेको सूर्यलाई अर्घ दिने गरिन्छ।

छठ माता को हुन् यसको बारेमा अलग–अलग धारणाहरु छन्। पुराणमा नवरात्रिमा पुज्ने माँ कात्यायनीलाई नै छठ माता भनिने गरिन्छ। अनि सनातन धर्ममा उनलाई भगवान् विष्णुको मानस पुत्री मानिएको छ। मानस पुत्री मतलब जसको जन्ममा शरीरको कुनै भूमिका हुँदैन, मनसँग मनको मिलन भयो, तरङ्ग टकरायो, मस्तिष्कको शक्ति मिल्यो अनि सन्तानको जन्म हुन्छ।

हलिउडको साइन्स फिक्सन फिल्ममा मिउटनको जन्म यस्तै हुन्छ अनि हामी विश्वास पनि गरिहाल्छौं तर हजारौं साल पहिला वेदपुरणमा लेखिएको यो कुरा हामीलाई कुनै कल्पना झैं लाग्छ।

एकचोटि सोचौं त, अगाडि बढ्नुको अन्धो दौडमा हामी कति पछाडि गइसकेका छौं। आफ्नो सचलाई झूटो मान्छौं र अरुको झुटोलाई सच। मोर्डन हुनुको मतलब मूर्ख हुनु कतै पनि हैन। विश्वास मान्नुस् आफ्नो संस्कृतिसँग, आफ्नो ग्रन्थसँग, आफ्नो पूर्वजसँग अलग भयौं भनें हामीमा र एउटा किलोमा बाँधिएको जनावरमा केही अन्तर हुँदैन।

यो पूजा कहिले सुरु भएको थियो भनेर यकिन भन्न सकिंदैन तर यस्तो उल्लेख भेटिन्छ कि महाभारतकालमा द्रौपदी छठ माताको पूजा गर्ने गर्थिन्। सूर्य पुत्र कर्ण पनि छठको पूजा गर्ने गर्थे। यस्तो पढ्नमा आएको छ कि कर्ण सूर्यकै पुत्र थिए। सूर्यको उपासना र पिताको उपासना कर्णको लागि एउटै अर्थ थियो। हामी पनि सूर्यलाई पिता नै मान्ने गर्छौं। त्यसैले हाम्रो भित्र पनि एउटा कर्ण सास लिंदैछ। हामी र तपाइँ पनि एउटा कर्णकै छायाँ हौं।

त्यो दिन यस्तो हुन्छ न कुनै सानो न कुनै ठूलो न कुनै अमीर न कुनै गरिब देखाइदिन्छ, टाढा–टाढासम्म मात्र एउटै कुरा देखिन्छ मानव र उसको मानवता।

छठ पूजामा जब हामी सूर्यलाई आफ्नो प्रणाम निवेदित गर्छौं तब त्यो आदर एउटा भगत एउटा भगवानलाई मात्र दिइरहेको छैन, एउटा पुत्र आफ्नो पितालाई पनि दिइरहेको छ। त्यसैले छठ पूजा मात्र एउटा उत्सव हैन हजारौं वर्ष पुरानो एउटा सम्बन्धको मन घोषणा हो। यो संसार जानिहालोस् कि हामी सूर्यको जस्तो तप्न पनि जान्दछौं र सूर्यको जस्तो चम्कन पनि। जब बेलुका आमाको साथ टाउकोमा फलले सिंगारिएको दौरा लिएर जाँदै गर्दा यस्तो लाग्छ छठ माता मूर्तिमा होइन आमाको अनुहारमा आएर बस्नुभएको छ। तपाईं त्यो अनुभव गर्न सक्नुहुन्छ, यदि अनुभव गर्न सक्नुहुन्छ भने थाहा हुन्छ छठ हो के, यदि वास्तविक छठ देख्नु छ भने ४ दिनको लागि आउनुहोस् मधेश जब छठ पूजा मनाइन्छ तपाईंलाई छठ हो के थाहा हुन्छ।

जब बिहान ५ बजे आमा नदीमा उभिएर सूर्य भगवानलाई अर्घ दिंदै हुन्छिन् अनि उनको आँखा उनको छोराछोरीको पर्खाइमा घुम्दै बस्छ कि छोराछोरी आएर सुपली पकडी हाल्छन्। आमाको आँखामा आफ्नो सन्तानप्रतिको त्यो मर्म बुझ्न सक्नुहुन्छ।

छठको ४ दिन के हुन्छ यो उहाँलाई बताउनु जरूरी छैन जो आफ्नो जरसँग जुद्नुभएको छ तर उनलाई जान जरुरी छ जसको जर टुटिसकेको छ। छठको परम्परा हो के अनि किन म भन्दैछु कि संसारमा यस्तो परम्परा छैन। सायद हजुरहरुको सुतेको जर जागिहालोस्। छठको चौथो दिनलाई भनिन्छ ‘नहाएखाए’ पूरै घरलाई सरसफाइ गरिन्छ अनि घरको सबै मान्छेलाई सुट्युक खाना दिन्छ।

छठको पाँचौं दिनलाई ‘रसियौ’ भनिन्छ त्यो दिन प्रसाद बनाइन्छ (रोटी, खीर, दुड्पुवा) अनि छैटौं दिन छठ हुन्छ। आमाको हातले बनाएको त्यो मध्यम आँचमा ढेकुवा, बजारको कुनै पनि मिठाईसँग तौलन मिल्दैन, ठेकुवा हाम्रो लागि प्रसाद होइन, त्यो हाम्रो लागि गंगाजल र अमृत समान हुन्छ।

जहाँ पूरा संसार उदाउँदै गरेको सूर्यलाई मात्र पूजा गर्छन् त्यो संसारमा एउटा यस्तो समाज पनि छ जो छठमा अस्ताउँदै गरेको सूर्यलाई पनि पूजा गर्छन्। हाम्रो लागि पश्चिममा अस्त हुँदै सूर्य त्यति नै श्रद्धेय हुन्छ जति पूर्वमा उदय हुँदै गरेको सूर्य किनकि सूर्य भगवान हुन् अनि दिशा बदली हाल्दा हाम्रो भगवान प्रतिको भाव बदलिहाल्दैन।

आमा बेलुका अस्ताउँदै गरेको सूर्यलाई पूजा गर्दै बताउनुहुन्छ जीवनमा अस्ताउन निम्ति हो अनि बिहान उदाउँदै गर्दा सूर्यलाई अर्घ दिंदै बताउनुहुन्छ जो डुब्छ त्यो उदाउँछ जरूर। त्यो छठको घाटमा आमाले गाएको त्यो छठको गीत, दुनियाँभरिको गीत–संगीत फिक्का परिहाल्छन् जब आमाहरु आफ्नो सन्तानको लामो उमेरको कामना गर्दै एकै स्वरमा गाउँदै भन्छिन् “कि का चाही बासके बहाङ्गिया बहाङ्गी लचकत जाए”।

विना कुनै ब्याकग्राउन्ड मुसिकको सबैभन्दा फेभरेट गीत हुने गर्छ, त्यो जतिको करुण, संवेदनशील यतिको मन छुने त्यति भावनासँग जोडिएको गीत सायद नै कुनै होला हाम्रो लागि। छठ पूजाको लागि सानो बच्चादेखि लिएर घरको बूढो मान्छे सबैलाई नयाँ–नयाँ कपडा लगाउने गर्छन् किनकि यो हाम्रो लागि पर्व होइन हाम्रो इमोसन हो, हाम्रो रग–रगमा दौडिन्छ छठ। छठको घाटमा न कुनै आफ्नो हुन्छ न कुनै पराया, न कुनै जातपात न कुनै छुवाछूत, न कुनै उचनीच सबै मान्छे बेदी (छठी मातको मूर्ति) माथि गएर प्रसाद चढाउने गर्छन्, प्रसाद माग्ने गर्छन्। छठको घाटमा सामाजिक विभाजन टुटिहाल्छ। सबैको एउटै पहिचान हुन्छ, सबै छठ माताका सन्तान हुन्छन्।

त्यो दिन यस्तो हुन्छ न कुनै सानो न कुनै ठूलो न कुनै अमीर न कुनै गरिब देखाइदिन्छ, टाढा–टाढासम्म मात्र एउटै कुरा देखिन्छ मानव र उसको मानवता। जति निष्पाप, भावुक र प्रेमसँग भरिएको जति छठको अन्तिम दिन हुन्छौं त्यस्तै सालको ३६५ दिन रह्यौं भने हामी मानिसलाई मानव बन्नबाट कसैले रोक्न सक्दैन।

त्यसैले कुर्सीमा बसेका सबै ती महानुभावहरुसँग आग्रह छ कि यदि तपाईं बिदा दिन सक्नुहुन्छ भने दिइहाल्नु आफ्नो अर्ब कमाउने चक्करमा कसैको पर्व न छोडाउनुस् किनकि यो छठ मनाउने मान्छेहरुको लागि एउटा पर्व होइन उसको जीवन हो, सास हो, अनि पहिचान हो।

सबैलाई छठ पूजाको हार्दिक मंगलमय शुभकामना। मुस्कुराउनुस् तपाईं आफ्नो परिवार, आफ्नो मान्छेसँग हुनुहुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?