+
+

सुदूरपश्चिममा तिहारका बेला सवारी दुर्घटनामा १७ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १ गते १६:००

१ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेशमा तिहारका बेला सवारी दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले तिहारका बेला भएका दुई र चार पांग्रे सवारी दुर्घटनामा १७ जनाको मृत्यु भएको जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) अनिल उप्रेतीले २२ वटा सवारी दुर्घटनामा परेर १७ जनाको मृत्यु र ५४ जना घाइते भएको जानकारी दिए । उनका अनुसार यो दशैँका बेला भएका सवारी दुर्घटनाको तुलनामा झण्डै दोब्बरले बढी हो ।

प्रदेशमा दशैँका बेला भएका दुर्घटनामा ९ जनाको मृत्यु र ११ जना घाइते भएको तथ्यांक प्रहरीसँग रहेको छ तर तिहारमा भने बढी संख्यामा दुर्घटना भएका हुन् भने मृतकको संख्या समेत बढेको छ । अघिल्लो वर्ष सुदूरपश्चिम प्रदेशभर दशैँ र तिहारको समयमा भएका सवारी दुर्घटनामा ८ जनाको मात्र मृत्यु भएको थियो ।

यस्तै प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार तिहारको समयमा प्रदेशभर चार हजार एक सय २३ वटा सवारीसाधनलाई कारवाही गरिएको छ । ती सवारीसाधनबाट २६ लाख ८१ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?