+
+

फरवार्ड माइक्रोफाइनान्स ११ करोड नोक्सानीमा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३ गते ९:२२

३ मंसिर, काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनी ११ करोड ९ लाख रुपैयाँ नोक्सानीमा छ । कम्पनीको खुद ब्याज आम्दानी घट्नु, निष्क्रिय कर्जा झण्डै तीन गुणा बढ्नु र लोन लस प्रोभिजनवापत छुट्याउनुपर्ने रकम (इम्पेरिमेन्ट चार्ज) बढ्नुले कम्पनीको नाफामा सिधा असर पारेको देखिन्छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा २९ करोड ५५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यो कम्पनीले यो वर्षको सो अवधिमा २६ करोड ९५ लाख रुपैयाँ बराबर आम्दानी गरेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ५५ लाख रुपैयाँ इम्पेरिमेन्ट चार्ज रहेकोमा यो वर्ष सो अवधिमा ३० करोड ४९ लाख रुपैयाँ पुगेको छ । मुख्यतः यहीं कारण कम्पनी नोक्सानीमा पुगेको छ । कम्पनीले ठूलो कर्जा रकम उठाउन सकेको छैन । कुल कर्जामध्ये समयमै उठ्न नसकेको (निष्क्रिय ) कर्जा ६.२५ प्रतिशत पुगेको छ ।

गत वर्षको पहिलो त्रैमासमा यस्तो कर्जा २.६० प्रतिशत थियो । कम्पनी नोक्सानीमा रहँदा प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ २६५ रुपैयाँ ७४ पैसा छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२०९ रुपैयाँ ५० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?