+
+

संसदीय समितिले गृह मन्त्रालयसँग माग्यो एआईजी ज्ञवालीको जन्ममितिको कागजात

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३ गते १०:५५

३ मंसिर, काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयसँग नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको जन्म मितिसम्बन्धी कागजात मागेको छ ।

समितिका सचिव सुरजकुमार दुराका अनुसार ज्ञावालीको जन्ममितिका सम्बन्धमा केही उजुरी परेका छन् । समिति सभापति रामहरि खतिवडाले उजुरीका आधारमा ‘वास्तविकता के हो त्यससम्बन्धी कागजात मगाउन निर्देशन गरे’अनुसार समितिले गृह मन्त्रालयसँग एआईजी ज्ञवालीको जन्ममितिसम्बन्धी कागजात माग गरेको हो ।

उजुरीकर्ताले ज्ञवालीले नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्ममिति सच्याएर सेवा प्रवेश गरेको दाबी गर्दै उजुरी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?