+
+

माओवादी र नेपाल समाजवादीबीच एकता समिति गठन गर्न सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३ गते १४:५१

३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको वार्ता समितिले पार्टी एकता समिति नै गठन गर्न सुझाव दिएको छ ।

आइतबारको वार्तापछि दुबै पार्टीको वार्ता समितिले संयुक्त विज्ञप्ति जारी गरी पार्टी एकताका लागि दुबै पार्टीको नेतृत्वलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने निर्णय गरेको जानकारी दिएको छ ।

पार्टी एकता संयोजन समितिले दुबै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरुमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिह्न लगायतका विषयमा पार्टी एकता संयोजन समितिले गरेको सहमति अनुसार हुने पनि वार्ता समितिले जनाएको छ ।

दुई पार्टीबीच एकता वार्ताका लागि माओवादी केन्द्रले कृष्णबहादुर महरा र नेपाल समाजवादी पार्टीले गंगानारायण श्रेष्ठको संयोजकत्वमा वार्ता समिति बनाएका थिए ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?