+
+

उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सकियो छठ पर्व

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ४ गते ७:३६

४ मंसिर, जनकपुरधाम । आज बिहान उदाउँदो सूर्य अर्थात् दिनानाथलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ ।

श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व बिहान उदाउँदो सूर्यलाई पूजा सामग्रीसहित अर्घ्य दिएपछि छठ विधिवत सम्पन्न भएको हो ।

चार दिनसम्म अत्यन्त नियम निष्ठापूर्वक मनाइने छठपर्वको हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो भने आज उदाउँदो सूर्यलाई अर्घ्य दिइएको हो ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने कामनासहित आदि देव सूर्यको उपासना गरी अत्यन्त श्रद्धापूर्वक छठ पर्वक मनाइन्छ ।

छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।

छठपर्वको पहिलो ब्रतालुले नुहाएर अरबा अरबाईन भोजन गरेका थिए । दोस्रो दिन साँझ चाकुमल, दूध र सक्खर मिसाएर बनाइएको खीर प्रसादको रुपमा चढाउँदै ग्रहण गरेका थिए ।

तेस्रो  दिन हिजोअस्ताउँदो सूर्यलाई पूजासमाग्रीसहित अर्घ्य दिएका थिए । चौथो दिन  आज उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठ पर्व विधिवत समापन भएको हो ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिनलाई सौझकारक र अन्तिम दिनलाई पारन भनिन्छ ।

यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।

अर्घ्य दिइएका छठ पूजाको सामग्री प्रसादको रुपमा ग्रहण गर्ने तथा वितरण गर्ने मिथिलाञ्चलमा प्रचलन रहेको छ ।

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ ।

पहिला पहिला मिथिलाञ्चलसहित तराई मधेशक बासिन्दाले मात्र मनाउने छठ पर्व पछिल्लो पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?