+
+

फिल्म निर्माता तथा अभिनेता किरण नेपाली कार दुर्घटनामा घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ४ गते ११:३७
राष्ट्रिय ट्रमा सेन्टरमा उपचारत फिल्म निर्माता तथा अभिनेता किरण नेपाली र उनी सवार दुर्घटनाग्रस्त कार

काठमाडौं । फिल्म निर्माता तथा अभिनेता किरण नेपाली कार दुर्घटनामा घाइते भएका छन् । उनी चढेको कार सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ चौकीधारमा आइतबार बेलुका दुर्घटना भएको छ ।

उनी चढेको कार सडकबाट ५० मिटर तल खसेको थियो । दुर्घटनामा किरणको मेरुदण्डमा गम्भीर चोट लागेको छ । उनको अहिले काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । चिकित्सकले एक महिना आराम गर्न सल्लाह दिएका छन् ।

भर्खरै पिच गरेको सडकमा तेर्साइएका ढुंगा छल्न खोज्दा चिप्लिएर कार खसेको किरणले अनलाइनखबरलाई जानकारी दिए । दुर्घटनामा चालक राज थापा मगर सामान्य घाइते छन् । ‘अवस्था अहिले सुधारोन्मुख छ,’ किरणले भने ।

किरणले अभिनय गरेको फिल्म ‘नम्बरी सुन’ प्रदर्शनको तयारीमा छ । उनले निर्माण गरेको फिल्म ‘दुई नम्बरी’ बक्स अफिसमा हिट भएको थियो भने अर्को फिल्म ‘हात्तीछाप’ माघ २६ गते रिलिज हुने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?