+
+

‘टाइगर ३’ ले विश्वभरबाट ४०० करोड भारु कमाउँदा नेपालमा कति ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ४ गते १७:१२

काठमाडौं । भारतभित्रै विश्वकप क्रिकेटका कारण दबाबमा परेको ‘टाइगर ३’ ले दोस्रो सप्ताहन्तसम्म विश्वव्यापी ३६८ करोड भारु कमाएको छ । सोही अवधिमा भारतबाट २७० करोड भारु कमाउँदा विदेशबाट फिल्मले ९८ करोड भारु कमायो ।

पिंकभिल्लाले सलमान खान र कट्रिना कैफ स्टारर जासूस युनिभर्सको अन्तर्राष्ट्रिय कलेक्सन सोमबार सार्वजनिक गरेको छ । सूचीमा यो फिल्मले नेपालमा ५ करोड ३० लाख नेरु (४ लाख अमेरिकी डलर) हाराहारीमा कमाइ गरेको उल्लेख छ ।

उत्तर अमेरिकामा ४४ लाख २५ हजार डलर, अष्ट्रेलियामा ८ लाख डलर, मध्यपूर्वमा ३२ लाख, न्युजिल्याण्डमा २ लाख १० हजार, बेलायतमा १४ लाख डलर, युरोपमा ५ लाख ७५ हजार डलर कमाएको पिंकभिल्लाले जनाएको छ । विश्वभरको कमाइ सूची हेर्दा सलमान खानको निकै क्रेज मानिएको मध्यपूर्वमा यसपटक ‘टाइगर ३’ को कमाइ घटेको देखिएको छ ।

यशराज ब्यानरको पाँचौं जासूस ब्रह्माण्डको यो फिल्मले विश्वभर अतिरिक्त १५ मिलियन डलर कमाउन सक्ने प्रक्षेपण छ । नेपालमा भने फिल्मको कमाइमा सोमबारदेखि ‘ड्रप’ देखिएको छ । लक्ष्मीपूजाको दिनमा आइतबार रिलिज भएको यो फिल्मको कमाइमा भारतमा विश्वकप क्रिकेटको असर देखिएको विश्लेषण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?