४ मंसिर, काठमाडौं । नेपालका लागि कोरियाली राजदूत पार्क ताए योङ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रुपक सापकोटाबीच भेट भएको छ ।
सोमबार भएको भेटमा नेपाल र कोरियाबीच द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको थियो ।
राजदूत पार्कले सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै द्विपक्षीय सम्बन्धको बढ्दो गतिप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।
डा. सापकोटाले ऊर्जा, शिक्षा, स्वास्थ्य, मानव संसाधन विकास र ग्रामीण विकासका क्षेत्रमा सहयोग लगायत नेपालको आर्थिक विकासमा गणतन्त्र कोरियाले निरन्तर सहयोग गरेकोमा प्रशंसा गरे ।
वार्तामा नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठ मनाउने वर्ष २०२४ मनाउने विषयमा पनि कुराकानी भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4