+
+

अभियान लघुवित्त २ करोड ८३ लाख नोक्सानीमा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ५ गते ९:४७

५ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अभियान लघुवित्त वित्तीय संस्था २ करोड ८३ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा तीन लाख १५ हजार रुपैयाँ नाफा कमाएको यो कम्पनी अहिले सो अवधिमा नोक्सानीमा पुगेको हो ।

कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको खुद ब्याज आम्दानी घटेको छ भने निष्क्रिय कर्जा पनि बढेको छ ।

गत वर्षको पहिलो त्रैमासमा १ करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यो वर्षको सो अवधिमा १ करोड १२ लाख आम्दानी गरेको छ ।

अरु लघुवित्तलाई जस्तै यो लघुवित्तको पनि समयमै कर्जा नउठ्ने समस्या प्रमुख चुनौती बनेको छ । समयमै कर्जा रकम नउठ्दा कम्पनीले पहिलो त्रैमासमा एक करोड ९ लाख रुपैयाँ इम्पेरिमेन्ट चार्ज ब्यहोरेको छ ।

समयमै नउठेको नि्क्रिय कर्जा रकम कुल कर्जामा ६.८८ प्रतिशत पुगेको छ, गत वर्षको यस अवधिमा यस्तो कर्जा ४.९१ प्रतिशत थियो । कुल निष्क्रिय कर्जामा कम्पनीले कायम गरेको लोन लस प्रोभिजन २४.७२ प्रतिशत मात्रै छ ।

कम्पनीको आधार दर २०.३६ प्रतिशत पुगेको छ भने प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ ६० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?