+
+

कांग्रेसले भूकम्प प्रभावितलाई अस्थायी टहरा बनाउन स्वयम् सेवक पठाउने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ५ गते १५:४४

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित परिवारका लागि अस्थायी घर टहरा निर्माण गर्न स्वयम् सेवक पठाउने भएको छ ।

महामन्त्री गगनकुमार थापाको सभापतित्वमा बसेको पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरु एवं भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको बैठकले एक निर्माण विज्ञ, दुई जना दक्ष मिस्त्री र सात जना स्वयंसेवक रहने गरि १०/१० जनाको १३ वटा समूह भूकम्प प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको हो ।

यो समूहले एक हप्ता काम गरिसकेपछि क्रमिक रुपमा अर्को १३ वटा समूह सम्बन्धित क्षेत्रमा तुरुन्तै पठाई पहिलो समूहलाई प्रतिस्थापन गरिने नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

श्रमदानमा खटिएका जनशक्तिका साथमा सामान्य स्वास्थ्य र मानसिक स्वास्थ्य सम्बन्धी शिविर सञ्चालन गर्न प्रजातन्त्रवादी चिकित्सक संघका चिकित्सकहरु परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रभावित क्षेत्रमा पठन–पाठन सञ्चालन गर्न आवश्यक भौतिक तथा अन्य बन्दोवस्त मिलाउन नेपाल शिक्षक संघले सामूहिक रुपमा कार्य गर्ने छ ।

यस्तै नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आफ्नै खर्चमा हाल चार वटा अस्थायी विद्यालय र चाँडैनै दुई वटा स्थायी पक्की विद्यालय भवन बनाउने विश्वकर्माले बताए ।

भूकम्प प्रभावितका एक हजार घर बनाउन दक्ष जनशक्ति परिचालन गर्ने भन्दै कांग्रेसले केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा एक समूह हिजो सोमबार नै प्रभावित क्षेत्रमा पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?