+
+

उलनको लुगा धुँदा के कुरामा ध्यान दिने ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ५ गते १६:०५

काठमाडौं । ऊन अर्थात् उलनको लुगाले जाडोमा न्यानो प्रदान गर्छ । लगाउन राम्रो भए पनि धुन भने धेरैलाई सकसपूर्ण लाग्छ । ऊलनको लुगा धुँदा रंग खुइलिन्छ, बिग्रिन्छ र न्यानोपन पनि जान्छ भन्ने चिन्ता हुन्छ ।

यही कारणले धेरैले उलनको लुगा लामो समयसम्म धुन रुचाउँदैनन् । लामो समयमा धुँदा मैला पूरै ननिस्किने, धुन गाह्रो हुने, लामो समय पखाल्नुपर्ने हुन्छ । यसले लुगा तन्किने र रङ खुइलिन्छ ।

धुने र सुकाउने खास तरीका नजान्दा उलनको लुगा नै बिग्रिने समस्या हुने भक्तपुर थिमिस्थित दिदीभाइ लाउन्ड्री एण्ड ड्राइ क्लिनर्सका सञ्चालन अम्बर बुढाथोकी बताउँछन् । बुढाथोकीले उलनको लुगा धुने र टिकाउने तरीकाबारे यसरी जानकारी दिएका छन् ।

हातले कसरी धुने ?

उलनको लुगालाई हातले र मेसिनले दुवै तरीकाबाट धुन सकिन्छ । सबैभन्दा राम्रो यसलाई हातले नै धुनु फाइदाजनक हुन्छ । उलनको लुगालाई जहिले पनि चिसो पानीले मात्रै धुनुपर्छ । तातो पानीमा धुँदा लुगा तन्किने र रंग खुइलिन सक्छ । उलनको कपडामा अन्य लुगा नमिसाई धुनुपर्छ, जसले गर्दा अन्य कपडाको रंग एकअर्कोमा सर्न पाउँदैन ।

उलनको स्वेटर, सल, स्कार्फ, कोट धुँदा सामान्य डिटर्जेन्ट पाउडर वा साबुनभन्दा जस्ता तरल डिटर्जेन्ट पाउडरको प्रयोग गर्नु राम्रो हुन्छ । किनभने यो यो सजिलै पानी घुल्ने भएकाले पखाल्दा सजिलै फ्रिज जान्छ । तर साबुन र पाउडर डिटर्जेन्टले धुँदा लामो सम्मसम्म साबुनको फ्रिज आइराख्ने हुन्छ । लामोसम्म पखाल्दा साबुनको फिंज जाँदैन । जसले गर्दा लुगा लगाउँदा चिलाउने समस्या हुन सक्छ ।

उलन कपडा डिटर्जेन्ट राखेर १० देखि १५ मिनेट भिजाउने, त्यसपछि हल्कासँग मिच्ने, अन्य लुगा जस्तै बल लगाएर घोटीघोटी नमिच्ने, दाग लागेको छ भने दाग लागेको ठाउँमा डिटर्जेन्ट राखेर हल्कासँग मिच्ने गर्नुपर्छ ।

उलनको लुगा धोएपछि पानी निचोर्नु हुँदैन । लुगालाई उल्टो पारेर ह्यांगरमा राखेर सुकाउनुपर्छ, यसो गर्दा रंऊ खुइलिने समस्याबाट जोगाउँछ । उलनको लुगा धुँदा पनि उल्टो गरेर धुनुपर्छ ।

वासिङ मेसिनमा धुँदा ध्यान दिनुपर्ने कुरा 

वासिङ मेसिनमा उलनको कपडा धुँदा उलन वा डेलिकेट भन्ने फिचरमा राखेर धुनुपर्छ । यसमा उलनको कपडालाई चाहिने तापक्रम, पानी र स्पिड अटोमेटिक रुपमा मिलाइदिन्छ । सामान्य कपडा धुने मोडमा राखेर धुँदा लुगालाई बिगार्न सक्छ ।

मेसिनमा धुँदा पनि उलनको लुगामा अन्य कपडा मिसाएर धुनु हुँदैन । किनभने उलन र अन्य कपडाको फिचर नै बेग्लै हुन्छ । मेसिनमा पनि चिसो पानी र तरल डिटर्जेन्ट नै प्रयोग गर्नुपर्छ ।

वासिङ मेसिनमा लुगा राम्ररी घुम्न मिल्ने गरी राख्नुपर्छ । मेसिनमा क्षमता भन्दा बढी राखेर कपडा धुँदा लुगाको फोहोर राम्रोसँग जाँदैन । त्यस्तै कपडा धोइसकेपछि उलनको लुगा हाई स्पिडमा राखेर निचोर्नु हुँदैन । सामान्य मोडमा राखेर निचोर्नुपर्छ ।

लुगा धोएपछि प्रत्यक्ष घाममा सुकाउने भए उल्टो पारेर सुकाउनुपर्छ । यसरी सुकाउँदा लुगाको रंग खुइलिने सम्भावना कम हुन्छ । लुगालाई दिनभर घाममा सुकाइराख्नु हुँदैन । यसरी सुकाउँदा लुगाको रंग खुइलिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?