+
+

बालुवाटारमा प्रधानमन्त्री, देउवा र ओलीबीच छलफल सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ५ गते १९:२४

५ मंसिर, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली बालुवाटार पुगेका छन् ।

विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा भएको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले डाकेको तीनदलीय शीर्ष बैठकका लागि उनीहरु प्रधानमन्त्रीको सरकारी निवास पुगेका हुन् ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार शान्ति सम्झौताको १७ वर्षमा भएका प्रगति र अनुभवको समीक्षा तथा आगामी दिनको योजना बनाउन उनीहरुबीच छलफल भएको हो ।

‘प्रधानमन्त्रीले शान्ति सम्झौताको अनुभव साटासाट गर्ने र यसपछाडिका काम तय गर्न बैठक बोलाउनुभएको हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?