+
+

हरिबोधिनी एकादशीको दिन रेसुङ्गा र गुल्मीदरबार गाउँपालिकामा सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते ६:३३
रेसुङ्गामा लाग्ने मेला ।

६ मंसिर, गुल्मी । रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले बिहीबार  सार्वजनिक  बिदा दिएका छन् ।

मंसिर ७ गते परेको हरिबोधिनी एकादशीको अवरसमा २ वटा स्थानीय तहले सार्वजनिक  बिदा दिने निर्णय गरेका हुन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल   र गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले सूचना जारी गर्दै रेसुङ्गामा ठुलो मेला लाग्ने भएकाले बिदा दिने निर्णय गरेको उल्लेख गरेका छन् ।

एकादशीको दिन जिल्लाको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीयस्थल रेसुङ्गामा ठूलो मेला लाग्ने गर्दछ ।

मेलालाई व्यवस्थित रुपमा मनाउनको निम्ति कार्यपालिकाको बैठकको निर्णय अनुसार नगर, गाउँपालिका भित्रका संस्था, कार्यालयहरु, माताहतका वडा कार्यालयहरु, सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य र अन्य सार्वजनिक  संघ संस्थाहरुमा  बिदा दिने निर्णय गरेका हुन् ।

अहिले रेसुङ्गा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्त्विक महत्वका वस्तु र स्थानहरुको संरक्षण, सम्बर्धन र प्रचारप्रसारको काम भइरहेको छ ।

रेसुङ्गा पोखरीमा नुहाएमा भुल गरेर गरेको पाप नष्ट हुने मान्यता रहिआएको छ ।

रेसुङ्गामा दैनिक पूजा हुनुका साथै साउन भर एक महिना मेला र औंसी, ठूला एकादशी लगायतका पर्वहरुमा ठूलो मेला लाग्ने गर्दछ ।

यस वर्ष रेसुङ्गा नगरपालिकाले पर्यटकको चहलपहल बढाउन भन्दै ‘जाऔं हिंड रेसुङ्गा’ अभियान पनि सञ्चालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?