+
+

अब ह्वाट्सएप अकाउन्टमा इमेल जोड्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते ९:४२

लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले एक नयाँ अपडेट जारी गर्दैछ । योसँगै प्रयोगकर्ताले आफ्नो ह्वाट्सएप अकाउन्टबाट इमेल आइडीलाई लिंक गर्न सक्नेछन् ।

यो ह्वाट्सएपको सेक्योरिटीकै एक हिस्साको रुपमा रहनेछ । एकपटक लिंक भैसकेपछि तपाईंले आफ्नो इमेल आइडीबाटै ह्वाट्सएपमा लगइन गर्न सक्नुहुनेछ ।

यो फिचरसँगै प्रयोगकर्ताले आफ्नो ह्वाट्सएप अकाउन्टमा एउटा थप सुरक्षाको तह प्राप्त गर्नेछन् । ह्वाट्सएपमा लिंक गरिएको उक्त इमेल आइडी प्रयोगकर्ता स्वयम् बाहेक अरुले देख्न सक्दैनन् ।

ह्वाट्सएपको आइओएस बिटा भर्सन 2.23.24.70 मा यो फिचर देखिएको छ । ह्वाट्सएपका सबै फिचर ट्रयाक गर्ने WABetaInfo ले यस बारेमा जानकारी दिएको छ ।

बिटा भर्सनका प्रयोगकर्तालाई एपमा एउटा मेसेज आएको छ जसमा इमेल लिंक गरेसँगै अकाउन्टमा लगइन गर्न सहज हुने उल्लेख गरिएको छ ।

इमेल आइडी लिंक गर्नका लागि तपाइँले एक भेरिफिकेसन कोड हाल्नुपर्नेछ जुन तपाइँको इमेलमा आउनेछ ।

नयाँ अपडेटसँगै प्रयोगकर्तालाई सेटिंग्समा इमेल लिंक गर्ने विकल्प प्राप्त हुनेछ । सेटिंग्समा गएपछि Account खण्डमा इमेल ठेगाना हाल्ने अप्सन आउनेछ । हाल यो फिचरको परीक्षण ह्वाट्सएपका आइओएस प्रयोगकर्तामा भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?