+
+

भूकम्प प्रभावित श्रमदान गर्न गएको कांग्रेसको पहिलो टोलीले १०० अस्थायी घर बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते १२:३६

६ मंसिर काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा नेपाली कांग्रेसले पठाएको पहिलो टोलीले अस्थायी टहरा बनाउन सुरु गरेको छ । सोमबार बेलुकी जाजरकोट पुगेको टोलीले मंगलबारदेखि निर्माण कार्य सुरु गरेको कांग्रेसले जनाएको छ ।

केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वको टोलीले भूकम्पले सर्वाधिक प्रभावित जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ४ र ५ मा अस्थायी टहरा बनाइरहेको छ ।

पौडेलसँगै टोलीमा गएका नेविसंघका पूर्व नेता सुशील भट्टका अनुसार मंगलबार २० वटा अस्थायी घर निर्माण गरिएको छ ।

श्रमदानका लागि एक निर्माण विज्ञ, दुई जना दक्ष मिस्त्री र सात जना स्वयंसेवक रहने गरि गरि १०÷१० जनाको समूह बनाई पहिलो चरणमा १३ समूह सम्बन्धित क्षेत्रमा पठाउन पार्टीले निर्णय गरेको थियो ।

एउटा समूहले एक साता भूकम्प प्रभावित क्षेत्रमा खटिएपछि अर्को समूह पठाउने पार्टीले जनाएको छ ।

अस्थायी आवास बनाउनका अशक्त परिवारलाई प्राथमिकतामा राखिने कांग्रेसले जानकारी गराएको छ । भूकम्पले निधन भएको परिवार, गर्भवती, वृद्धावृद्धा, विरामी लगायतका परिवारको घर निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको कांग्रेसले जनाएको छ । ‘अशक्त परिवारको पहिचान गरेर वडाले भने अनुसार अस्थायी टहरा बनाएका छौं,’ श्रमदानका लागि खटिएका भट्टले भने ।

मिस्त्रीका लागि लगिएको जनशक्तिलाई भने पार्टीले दैनिक पारिश्रमिक दिने भएको छ । अस्थायी आवासका लागि आवश्यक जस्तापाताको व्यवस्था वडाले गरिएको दिएको टोलीले जनाएको छ ।

नलगाडमा डेढ सय बढी स्वयंसेवी परिचालन भएको कांग्रेस जानकारी गराएको छ । सोमबार गएको पहिलो टोलीले एक सय अस्थायी घर बनाएर फर्किने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?