+
+

‘जवान’ बन्यो नेटफ्लिक्समा धेरै हेरिने फिल्म, शाहरुख भन्छन्- यो हाम्रो उत्सव हो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते १७:२५

काठमाडौं । समग्रमा सन् २०२३ अभिनेता शाहरुख खानका लागि कीर्तिमान रच्ने वर्ष बन्यो । ‘पठान’पछिको उनको फिल्म ‘जवान’ले बक्स अफिसमा आँधी नै ल्यायो । दक्षिण भारतीय निर्देशक एट्लीसँग उनको पहिलो सहकार्य पनि थियो ।

हलमा रिलिज भएको महिनापछि ‘जवान’को बिस्तार संस्करण ओटीटीमा रिलिज भएको छ । हलमा हेर्न नपाइएका फिल्मका कतिपय दृश्य ओटीटी संस्करणमा समावेश छन् । पुनः दर्शकको हृदयमा राज गर्दै शाहरुख-नयनतारा स्टारर फिल्म नेटफ्लिक्समा सर्वाधिक हेरिएको फिल्म समेत बनेको छ ।

शाहरुखसहित विजय सेतुपति र नयनताराको शीर्ष भूमिका रहेको यो फिल्म सेप्टेम्बर ७ मा हलमा रिलिज भएको थियो । खानको जन्मदिन नोभेम्बर २ मा हिन्दी, तमिल र तेलुगू संस्करणमा फिल्मको बिस्तारित भाग रिलिज भएको थियो । रिलिजको दुई सातामै ‘जवान’ भारतमा नेटफ्लिक्समा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ ।

यसको सफलतामा शाहरुखले खुसी व्यक्त गरेका छन् । उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘जवान नेटफ्लिक्समा भारतमा सबैभन्दा धेरै हेरिएको फिल्म हो भन्ने कुरा सेयर गर्न पाउँदा म रोमाञ्चित छु । विस्तारित संस्करण रिलिज गर्नु भनेको फिल्मलाई दर्शकको अटुट माया र समर्थनका लागि कृतज्ञता ज्ञापन गर्ने एउटा शैली हो । हामीले नेटफ्लिक्समा पाएको दर्शकीय प्रतिक्रियाले भारतीय फिल्मको चमकलाई पुष्टि गर्छ । जवान एउटा फिल्म मात्र होइन, यो हाम्रो फिल्मको कथा, जोश र जीवन्त भावनाको उत्सव हो । नेटफ्लिक्समा रचिएको यो सफलतामा म गर्व गर्छु ।’

यो फिल्ममा शाहरुखले दोहोरो भूमिका निर्वाह गरेका छन्, जसलाई दर्शकले रुचाएका थिए । ‘जवान’लाई रेड चिल्लीज इन्टरटेनमेन्टले निर्माण गरेको हो । नेपालमा समेत यसले उछाल कमाइ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?