+
+

एनएसएल टिम काठमाडौं रेजर्समा कोको छन् विदेशी खेलाडी ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते १७:५४

६ मंसिर, काठमाडौं । नेपाल सुपर लिग एनएसएलको दोस्रो संस्करण मंसिर ८ गतेदेखि सुरु हुँदैछ ।

प्रतियोगिता नजिकिएसँगै टिमहरुले आफ्नो टिम पूरा गर्न विदेशी खेलाडी अनुबन्ध गर्ने क्रम पनि लगभग अन्तिम चरणमा पुर्‍याएका छन् ।

काठमाडौं रेजर्सले आफ्नो टिम कोटा अनुसार ६ जना विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ ।

काठमाडौंमा को को छन् त विदेशी खेलाडी पढ्नुहोस :

१. एन्द्रेस निया( मिडफिल्डर)

मछिन्द्र क्लबबाट ए डिभिजन लिग खेलिरहेका एन्द्रेस नियाले दोस्रो संस्करणको एनएसएल डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सबाट खेल्दैछन् । क्यामरुनी मिडफिल्डर नियाले ए डिभिजन लिगमा मछिन्द्रको मिडफिल्डमा निकै राम्रो प्रदर्शन देखाएका थिए । उनले मछिन्द्रबाट एएफसी च्यम्पियनसिप पनि खेलेका छन् ।

दुई सिजन ए डिभिजन लिग खेलेका उनले १ गोल र ४ असिस्ट गरेका छन् । दुई सिजनका २८ मध्ये २७ खेलमा उनले सुरुवाती ११ मै खेलेका छन् ।

२. शोखरुख महमुदक्सोजिएस

२४ वर्षीय उज्वेकिस्तानी अट्याकर शोखरुख काठमाडौैं रेजर्समा आवद्ध भएका छन् । सन् २०१९ मा उनले पाख्तकोर तास्कानबाट उज्वेकिस्तानको कोककोला सुपर लिगा जितेका थिए ।

त्यसयता, उनले उज्वेकिस्तानमा २०२१ मा नवबहोर नमंगनबाट खेलेका थिए भने २०२२ मा एफके खुजन्दबाट खेलेका थिए ।

उनी पहिलो पटक नेपाली लिग खेल्न आएका हुन् ।

३. तोजिदिनोउ कोइलजोन

२४ वर्षीय उज्वेकिस्तानका मिडफिल्डर तोजिदिनोउ कोइलजोन २०१९ यता उज्वेकिस्तानको लिग खेलिरहेका खेलाडी हुन् ।

उनले २०१९ मा नवबहोर नमंगनबाट ४ खेल खेलेका छन् भने त्यसयता उनी क्लबसँग आवद्ध भए पनि खेल्ने मौका नपाएका खेलाडी हुन् ।

नयाँ खेलाडी उनका लागि काठमाडौं रेजर्स आफूलाई प्रमाणित गर्ने राम्रो मौका हुन सक्छ ।

४. जुनियर ओन्गुइन (लेफ्ट विङ्गर)

क्यामरुनी लेफ्ट विङगर जुनियर नेपाली फुटबलमा चिनिएको नाम हो । सन् २०१८ यता नेपालको शीर्ष डिभिजनको लिग ए डिभिजन लिग खेलिरहेका जुनियरले दोस्रो सिजनको एनएसएल काठमाडौं रेजर्समा रहेर खेल्ने भएका छन् ।

उनले सन् २०१८ मा न्यु रोड टिम एनआरटीबाट शहीद स्मारक ए डिभिजन लिग खेलेका थिए । २०२१ मा जावलाखेलको टिममा खेलेका थिए भने २०२३ को सिजनमा उनले संकटा क्लबमा रहेर खेलेका थिए ।

५. स्टेफन अविकु एक्वा (सेन्टर ब्याक)

घानाका २४ वर्षीय सेन्टर ब्याक खेलाडी एक्वा भारतीय लिग खेलिरहेका खेलाडी हुन् । भारतीय क्लब किडरपोर एफसी, परप्पुर एफ, केरला युनाइटेड, जी केरला बीका पूर्व डिफेन्डर हुन् ।

६. किङ्गुइ सिमो ओलिभर (सेन्टर ब्याक)

२७ वर्षीय क्यामरुनी डिफेन्डर ओलिभरले सन् २०१६ बाट व्यावसायिक लिग खेल्न थालेका हुन् । चेक रिपब्लिक र क्यामरुनमा रहेर पाँचभन्दा बढी किसिमका लिगहरु खेलिसकेका उनी अनुभवी डिफेन्डर हुन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?