+
+

उर्लाबारीको आगलागीमा परी मृत्यु हुने संख्या ३ पुग्यो 

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ७ गते १३:३६

७ मंसिर, विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या घ  पुगेको छ ।

२६ कात्तिकमा स्नेहा सुनचाँदी पसलमा भएको आगलागी नियन्त्रणका क्रममा सिलिण्डर विष्फोट हुँदा चार प्रहरीसहित २८ जना घाइते भएका थिए । घाइतेमध्ये तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्याल मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताए ।

उनका अनुसार मंगलबार विहान एक जनाको मृत्यु भएको थियो । बुधबार राति र बिहीबार बिहान थप दुई जनाको मृत्यु भएको हो । उपचारका क्रममा बुधबार राति साढे १० बजेतिर उर्लाबारी–७ का ४९ वर्षीय हेमकुमार दाहाल (दीपक) र बिहीबार बिहान साढे ६ बजेतिर उर्लाबारी–७ कै ४२ वर्षीय कुमार तामाङको मृत्यु भएको हो । मंगलबार स्थानीय ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा मृत्यु भएको थियो ।

स्थानीय दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको सुनचाँदी पसलमा कात्तिक २६ गते राति आगलागी भएको थियो । पसलमा लागेको आगो नियन्त्रणमा लिने क्रममा सिलिण्डर विष्फोट हुँदा ४ जना प्रहरीसहित २८ जना घाइते भएका थिए ।

आगलागीका घाइते प्रहरी र २० जना स्थानीय गरी २४ जनालाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुर वर्न अस्पताल लगिएको थियो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?