+
+

बेलायतमा पूर्वधावक लामा नगदसहित सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ७ गते १६:०४
पूर्व धावक बुद्धवीर लामा (बायाँ) लाई चेक हस्तान्तरण गर्दै इलाम समाज बेलायतका अध्यक्ष टेकवीर राई ।

७ मंसिर, काठमाडौं । पूर्वधावक एवं गीतकार बुद्धवीर लामा बेलायतमा नगदसहित सम्मानित भएका छन् ।

नेपाली खेलकुद र सांगीतिक क्षेत्रमा पुर्यातएको योगदानको कदर गर्दै लामालाई बेलायतको अल्डर्सटमा आयोजित एक कार्यक्रमबीच इलाम समाज बेलायतले सम्मान गरेको हो ।

समाजका अध्यक्ष टेकवीर राईले लामालाई ४ हजार ४ सय ७ पाउन्ड (७ लाख ३५ हजार ३ सय ५२ रुपैयाँ) नगदसहित प्रशंसा पत्र प्रदान गरे ।

अल्डर्सटमा लामाकै नाममा भएको बुद्धवीर लामा बाह्रौं गीतिमय साँझबाट संकलित रकम मध्येबाट खर्च कटाएर बचेको रकम सम्मान स्वरुप लामालाई प्रदान गरिएको हो ।

लामाले सम्मान वापत प्राप्त रकम नेपालका दुर्गम क्षेत्रका खेलाडीलाई सहयोग गर्ने र केही रकम अनाथालय, वृद्धाश्रम र अपाङ्ग केन्द्रलाई पनि सहयोग गर्ने बताए । यसअघि पनि उनले जुम्लाका धावकहरुलाई टिसर्ट र खेल सामाग्री सहयोग गरेका थिए ।

लामाले ताइवान र जापानमा भएको एसियाली भेट्रान एथलेटिक्सको ५ हजार मिटर दौडमा क्रमशः छैटौं र दसौं स्थान हासिल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?