 
																			८ मंसिर, काठमाडौं । राजनीतिक विश्लेषक कृष्ण पोखरेल नेकपा एमाले अत्तालिएको बताउँछन् ।
बिहीबार नेकपा एमालेको भातृ संगठन युवा संघ र विद्यार्थीहरुले राजधानीमा प्रदर्शन गरेका थिए । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गरेकै दिन प्रदर्शन गरेर एमालेले ठीक नगरेको उनको बुझाइ छ ।
‘एमाले र दुर्गा प्रसाईं समूहले कल्ले कल्लाई गलाउने भन्ने किसिमले आन्दोलन गर्न खोजे । यो ठीक होइन,’ पोखरेलले भने ।
एमालेले गरेको प्रदर्शनलाई उनी सरकार बाहिर रहनुपर्दाको पीडाको संज्ञा दिन्छन् । ‘संघीय संसदको दोस्रो ठूलो दल सडक प्रदर्शनमा जाँदा कांग्रेस र माओवादी केन्द्रलगायतका दलको भूमिका केही हुन्छ कि,’ भन्ने प्रश्नमा उनी भन्छन्, ‘एमालेको पीडा सरकार बाहिर बस्नु परेको पीडा हो । सरकार रहन नपाउनुको पीडा पोख्ने विरुद्ध सत्तारुढले मौन रुपमै आफ्नो भूमिका खेल्ने हो ।’
सरकारको निर्णयमा सत्तारुढ दलको राय रहेको विश्वास गर्न सकिने उल्लेख गर्दै उनी एमालेको प्रदर्शनका सन्दर्भमा अरु पार्टीहरुले यसो गर उसो गर भनेर भन्न जरुरी नरहेको बताउँछन् ।
‘एमालेले अत्तालिएर प्रदर्शन गरेको हो । त्यही गतिमा अन्य दल अत्तालिन आवश्यक छ भन्ने हुँदैन’, उनी थप्छन्, ‘घटनाले कुन मोड लिन्छ त्यस आधारमा मात्रै अन्य दलहरु अगाडि बढ्न सक्छन् । तत्काल आफ्नो पोजिसन देखाउन सत्तारुढ दलले आवश्यक छैन् ।’
एमाले र दुर्गा प्रसाईं समूहको प्रदर्शनलाई सरकारले वेट एण्ड सि को नीतिअन्तगर्त लिएको र त्यस अनुसार व्यवहार गरेको आफूले महसुस गरेको उनी बताउँछन् ।
‘प्रदर्शनका क्रममा जनधनको क्षति नहोस् भनेर सरकारले भूमिका खेल्ने हो । गैरकानुनी ढंगको काम हुन नदिने र आफ्ना कुरा राख्न दिने हो सरकारले । यसमा सरकारले पर्ख र हेरको नीति लिएको देखिन्छ । र यस्तोमा सरकार सतर्क हुनुपर्छ ,’ उनले भने ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4