+
+

पक्राउ परेकाहरुलाई रिहा गर्न राप्रपाको माग

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ८ गते १९:२३

८ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार विरोध प्रदर्शनको तयारीमा रहेका मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै उनीहरुको रिहाइको माग गरेको छ ।

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले शुक्रबार साँझ प्रेस विज्ञप्तिले यस्तो माग गरेका हुन् ।

संविधान प्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिक माथि प्रशासनिक दमन, धरपकड भएको दाबी गर्दै राप्रपाले विरोध गरेको छ । ‘प्रशासनको निशानामा राप्रपाका नेता, कार्यकर्तालाई पारिनु, प्रदर्शनमा सहभागी नभएकालाई समेत खोजीखोजी पक्राउ गरिनु दुःखद, आपत्तिजनक र विडम्बनापूर्ण छ’ विज्ञप्तिमा उल्लेख छ ।

आफ्ना मागहरु लिएर सडकमा ओर्लिएकालाई घर बाहिर निस्कन नदिने, प्रदर्शन स्थलमा पुग्नु अगावै सुरक्षाकर्मीले कार्यक्रम स्थलमा कब्जा जमाउने, सडकपेटीमा हिडिरहेका नागरिकलाई गिरफ्तार गर्ने जस्ता कार्य भएको राप्रपाले विज्ञप्तीमा लेखेको छ ।

यस्ता गतिविधि संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार र सामाजिक न्यायको सिद्धान्त विपरित रहेको भन्दै अगाडि भनिएको छ, ‘दमन र धरपकड समस्याको समाधान होइन र हुनै सक्दैन । यस्ता अलोकतान्त्रिक गतिविधि तत्काल रोक्न एवं संविधान र प्रचलित कानुनले नागरिकलाई प्रदान गरेको अधिकारको रक्षाका लागि राप्रपा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?