+

काठमाडौं रेजर्स एफसीको विजयी सुरुवात

२०८० मंसिर  ८ गते २०:१३ २०८० मंसिर ८ गते २०:१३
काठमाडौं रेजर्स एफसीको विजयी सुरुवात

८ मंसिर, काठमाडौं । साविक विजेता काठमाडौं रेजर्स एफसीले नेपाल सुपर लिग एनएसएलको दोस्रो सिजनमा विजयी सुरुवात गरेको छ ।

दशरथ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा काठमाडौंले नयाँ टिम स्पोर्टिङ इलाम एफसीलाई १-० ले हरायो । काठमाडौंका लागि सुपर सब राजीव लोप्चनले विजयी गोल गरे ।

दोस्रो हाफको सुरुमै प्रशान्त अवस्थीको स्थानमा मैदान प्रवेश गरेका राजीवले ५१औं मिनेटमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए । त्यही गोलको अग्रता जोगाउँदै काठमाडौंले जित सहित उपाधि रक्षा अभियान सुरु गरेको छ ।

लिगमा शनिबार दुई खेल हुनेछन् । पहिलो खेल पोखरा थण्डर्स र एफसी चितवन तथा दोस्रो खेल ललितपुर सिटी र एफसी बुटवल लुम्बिनी बीच हुनेछ ।

एनएसल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय