+
+

बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश गर्दै कोशी सरकार

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ९ गते ९:१३

९ कात्तिक, विराटनगर ।  कोशी प्रदेश सभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पेश गर्ने तयारी छ ।

प्रदेश सभा सचिवालयका अनुसार सरकारले विनियोजन अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पेश हुन लागेको हो ।

तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालु आर्थिक वर्षका लागि पहिलो पटक अध्यादेशबाट जेठ ३२ गते बजेट ल्याएका थिए । अध्यादेशको ३६ अर्ब २४ करोड ३५ लाख १० हजार बजेटको प्रतिस्थापन विधेयक पेश नभएपछि दोस्रो पटक मुख्यमन्त्री बनेका  कार्कीले २४ भदौमा पुन: प्रतिस्थापन विधेयक ल्याएका थिए ।

नयाँ मुख्यमन्त्री केदार कार्कीले अध्यादेशबाट आएको बजेटभन्दा आकार बढ्ने गरी प्रतिस्थापन विधेयक  पेश गर्न लागेका हुन् । विधेयकमा भौतिक पूर्वाधारको क्षेत्रमा २५ लाखभन्दा मुनिका नयाँ आयोजना नराख्ने सरकारले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?