+
+

भारतमा संगठन बनाउन खुशीराम पाख्रिनको ठूलो योगदान थियो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ९ गते १८:४८

९ मङ्सिर, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनगायक नेपाली क्रान्तिमा सांस्कृतिक योगदान, निष्ठा, त्याग र तपस्या स्मरणयोग्य रहेको बताएका छन् ।

पाख्रिनको छैटौँ स्मृति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सशस्त्र युद्धको समयमा पाख्रिनले भारत प्रवास कमिटीमा बसेर महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका हुन् ।

भारतमा राम्रो संगठन नबनाएको भए नेपालमा गणतन्त्र ल्याउन मुश्किल हुने भन्दै उनले भारतमा लाखौं नेपालीलाई पाख्रिनले संगठित गरेको बताए ।

‘भारतमा हामीले राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्ने र त्यसले गणतन्त्रसम्म नेपालमा ल्याउने कुरा सायद मुश्किल हुन पनि सक्थ्यो’ प्रधानमन्त्री प्रचण्डले भने, ‘भारतमा संगठन हुनुको कारणले नै हामीले थुप्रै चिजहरु भूमिगत रुपबाट त्यहाँबाट सहयोग प्राप्त गर्‍यौं । कार्यकर्ता प्राप्त गर्‍यौं, लड्ने योद्धाहरु सिधै आएर फौजी मोर्चामा जाने र आउनेहरु पनि भयो । सबै सबै धेरै किसिमका प्राविधिकदेखि सेक्युरिटीसम्म सबै विषयमा इण्डियामा भएका लाखौँ नेपालीहरुलाई संगठित र आन्दोलित गर्नेकुराको भुमिका रह्यो । त्यसो गर्नेमा राजनीतिक नेताहरुको भन्दा कमरेड खुशीराम पाख्रिन जस्ता सांस्कृतिककर्मीहरुको भूमिका बढी महत्वपूर्ण भयो ।’

सशस्त्र जनयुद्धका क्रममा भारतको प्रवासमा पार्टीलाई सङ्गठित गर्न पाख्रिनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र अखिल भारत नेपाली एकता समाजलाई व्यापक बनाउन र सङ्गठन विस्तार गराउनमा उनको ठूलो योगदान रहेको प्रधानमन्त्री प्रचण्डेः बताए ।

पाख्रिनले नेपालको प्रगतिशील साहित्यमा मौलिक योगदान गरेको भन्दै प्रचण्डले सिद्धान्तनिष्ठ, उद्देश्यप्रति समर्पित, निरन्तर क्रान्ति र आन्दोलनमा समर्पित हुने, सरलता र सहजता पाख्रिनको विशेषता भएको बताए । ‘उहाँ गाउने, गीत लेख्ने, सङ्गीत भर्ने, नृत्य सिकाउने पनि आफैँ गर्नुहुन्थ्यो, पाख्रिनमा बहुआयामिक प्रतिभा थियो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?