+
+

पूर्वराजा ज्ञानेन्द्रले गरे अनावरण गरे पृथ्वीनारायण शाहको शालिक

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ९ गते २०:५९
झापाको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह । तस्वीरः खबरमञ्च डटकमबाट ।

९ मंसिर, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले झापामा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् ।

विर्तामोड–१ मा सञ्चालित इकम कलेज परिसरमा स्थापना गरिएको शालिक शनिबार दिउँसो उनले अनावरण गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संयोजन गरेको कार्यक्रममा पुगेर उनले शालिक अनावरण गरेका हुन् ।

कार्यक्रमका लागि पूर्वराजा शाह शुक्रबारै झापा पुगेका थिए । उनी बसेको धुलाबारीस्थित होटल मेची क्राउनबाट नारावाजी र र्‍यालीसहित विर्तामोडस्थित कार्यक्रमस्थलमा ल्याइएको थियो ।

राप्रपाका कार्यकर्ताहरुले राजतन्त्रको पक्षमा नारावाजीसहित उनलाई विर्तामोडसम्म ल्याएका थिए । विर्तामोडस्थित भाटभटेनी सुपरमार्केट नजिकबाट पूर्वराजा शाह हिँड्दै कार्यक्रम स्थलतिर गएका थिए । त्यतिबेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध समेत नारावाजी भएको थियो ।

शालिक अनावरणपछि शाहले केहिवेर सांस्कृतिक कार्यक्रम अवलोकन गरेर निस्किएका थिए । शाहले भने कार्यक्रममा सम्बोधन गरेनन् ।

कार्यक्रममा राष्ट्रिय गान भन्दै ‘रातो र चन्द्र सूर्य’ बोलको गीत प्रस्तुत गरिएको थियो । काठमाडौंमा दुर्गा प्रसाईंले व्यवस्था परिर्वतन गर्ने भन्दै प्रदर्शन गरिरहेका बेला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संयोजन गरेको कार्यक्रममा शाह उपस्थित भएका हुन् ।

कार्यक्रम लक्षित गरेर शनिबार झापामा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?