
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागु गर्न नेसनल पेमेन्ट स्वीच (एनपीएस) मा आबद्ध भएको छ ।
सम्झौता पत्रमा लिबर्टी माइक्रो लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादव र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।
सम्झौतासँगै अनुसार लिबर्टी माइक्रो लाइफ एनपीएसमा आबद्ध पाँचौ माइक्रो लाइफ इन्सुरेन्स कम्पनी भएको छ ।
सम्झौता अनुसार लिबर्टी माइक्रो लाइफका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी लगायतका कारोबार गर्न सक्नेछ ।
प्रतिक्रिया 4