+
+

‘उदयमान युवा उद्यमशील’ पुरस्कारबाट आयुश केडिया सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १० गते १५:०३

काठमाडौं । युवा उद्यमी आयुश केडिया ‘उदयमान युवा उद्यमशील’ पुरस्कारबाट सम्मानित भएका छन् ।

पर्सा मिलन केन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा केडिया सम्मानित भएका हुन् ।

सम्मानित कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल लगायतको सहभागिता रहेको थियो ।

डीएभी प्लस टु कलेजका डाइरेक्टर सुमन बस्नेतले आयुश केडियाको प्रतिनिधित्व गर्दै उक्त सम्मानपत्र ग्रहण गरेका थिए ।

उद्योगपति ताराचन्द केडियाले उद्योग क्षेत्रमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै सो सम्मान गरिएको केन्द्रले जनाएको छ ।

कार्यक्रममा पर्सा जिल्लाका सामाजिक, आर्थिक, प्राज्ञिक एवम् राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तिहरु समेत सम्मानित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?