+
+

‘बुलबुल’ निर्देशकको नयाँ फिल्ममा हरिवंश आचार्य अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १० गते १६:११

काठमाडौं । ‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलको आगामी फिल्मको शीर्ष भूमिकामा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन् । जनवरीदेखि अमेरिकाको ओहायोमा छायांकन हुने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा आफू जोडिएको अभिनेता आचार्यले अनलाइनखबरलाई जानकारी दिए ।

‘उक्त फिल्ममा म औपचारिक रुपमै कास्ट भएको छु । त्यसका लागि डिसेम्बरतिर अमेरिकामा जाने कार्यक्रम छ,’ अहिले छायांकन भइरहेको फिल्म ‘महाजात्रा’को छायांकन सेटमा आचार्यले भने । उनले उक्त फिल्मबारे थप बताएनन् ।

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई लक्षित गरी फिल्म निर्माण हुन लागेको उनको भनाइ छ । यो फिल्मको निर्माणमा नेपालीभाषी भुटानीहरुको पनि सहकार्य हुने हरिवंशको भनाइ छ । यद्यपि, निर्देशक पौडेलले प्रोजेक्टबारे आधिकारिक बताएका छैनन् ।

यसअघि उनले ओहायोमै फिल्म ‘रबर सिटी’ बनाइरहेका थिए । केही वर्षदेखि ओहायोमै बसोबास गर्दै आइरहेका पौडेलको पछिल्लो फिचर ‘बुलबुल’ नेपालमा हिट भएको थियो । अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत यो फिल्म रुचाइएको थियो ।

अहिले बनाइरहेको ‘महाजात्रा’मा हरिवंशको प्रमुखमध्येको भूमिका छ । निर्माताले केही दिनमा फिल्मको टिजर पोस्टर सार्वजनिक गर्दैछ, जहाँ हरिवंशको क्यारेक्टर लुक समावेश हुने जनाइएको छ । पछिल्लो फिल्म ‘महापुरुष’बाट हरिवंशले सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?