 
																			१० मंसिर, काठमाडौं । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौड्यालको नाम अनुमोदन गरेको छ ।
आइतबार बसेको समितिको बैठकले पौड्यालसँगको सुनुवाइपछि नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको ज्येष्ठ सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
अब उनलाई राष्ट्रपतिले राजदूतमा नियुक्त गर्न सक्नेछन् ।
कात्तिक २ गते मन्त्रिपरिषद बैठकले पौड्याललाई क्यानडाको राजदूतमा सिफारिस गरेको थियो । सुनुवाइ समितिले १५ कात्तिकमा पौड्यालविरुद्ध उजुरी आह्वान गरेको थियो ।
समितिमा पौड्यालविरुद्ध दुईवटा उजुरी परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4