+
+

कांग्रेसको लेखा समितिले पायो पूर्णता, देउवाले चार सदस्य थपे

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते १३:५१

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिले पूर्णता पाएको छ । केन्द्रीय सदस्य श्याम घिमिरेको संयोजक रहेका समितिलाई सभापति शेरबहादुर देउवाले सोमबार पूर्णता दिएका हुन् ।

सभापति देउवाले समितिमा चार सदस्य थपेका छन् । धनुषाका दिलीप ढुङ्गाना, अर्घाखाँचीका डा. डेविड बस्याल, मकवानपुरका अनन्त कार्की र सिन्धुलीका अनन्त कार्कीलाई सदस्यमा मनोनित गरिएको छ ।

कांग्रेस नेता दीपकुमार उपाध्याय लेखा समितिको संयोजक हुँदा ढुङ्गाना सदस्य थिए । रजिष्टर्ड अडिटर ढुङ्गाना कांग्रेसको अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाका भाइ हुन् । बस्याल अर्थशास्त्रको प्राध्यापक हुन् ।

लेखा समितिमा मनोनित अर्का सदस्य नेपाल चाटर्ड एकाउन्टेन्ट हुन् । संयोजक घिमिरेको जिल्लावासी कार्की रजिष्टर्ड अडिटर हुन् ।

कार्की परिवार लामो समयदेखि कांग्रेसमा आवद्ध छ । सभापति देउवाले आफूले सिफारिस गरेका नामका आधारमा सदस्यहरु थपिएको संयोजक घिमिरेले बताए । पार्टीभित्रका समूह नहेरी विज्ञताका आधारमा लेखा समितिका सदस्य थपिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?