+
+

गुल्मीमा बससँग ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते १७:३९

११ मंसिर, गुल्मी । गुल्मीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

रेसुङ्गा नगरपालिका–४ का १९ वर्षका विवेक झाँक्री मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।

सोमबार बिहान तम्घासबाट जोगीथुमतर्फ जाँदै गरेको लु ८७ प ९८१ नम्बरको मोटरसाइकल र छल्दीबाट तम्घास आउदै गरेको लु १ ख ९४७५ नम्बरको बस अर्खलेमा आपसमा ठोक्किएका थिए । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक झाँक्रीलाई गुल्मी अस्पतालका चिकित्सकले मृत घोषित गरेका हुन् ।

महेन्द्र माध्यमिक विद्यालयमा कक्षा १२ मा पढने झाँकी पढाइ सकेर तम्घासबाट घरतर्फ जाँदै थिए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?